नियम २२
रोजगारीको लागि प्राथमिकता दिनु पर्ने
: नियम २१ बमोजिम चियाबगानको सेवाबाट अवकाश दिइएको कामदार वा कर्मचारी तथा चियाबगानको काम गर्दा गर्दै दुर्घटनामा परी मृत्यु हुने कामदार वा कर्मचारीका आश्रित परिवारका सदस्यहरुको योग्यता अनुरुप चियाबगानमा उपयुक्त पद रिक्त रहेको खण्डमा रोजगारीको लागि प्राथमिकता दिनु पर्नेछ ।